भारतको हिमाचलमा पनि बाढी–पहिरो : ५० बढी बेपत्ता


१७:५९ बजे

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको बाढी पहिरोमा परेर कम्तीमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरूका अनुसार कम्तीमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ । 

मध्यरातमा वर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको संख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ ।  अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ । –न्यूज कारखाना
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७