जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको अग्रता कायमै


२०७९ जेठ १ आइतबार ०२:४२ बजे

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् ।

उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले ४६१ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७