मिडिया सोसाइटीमा फुटः राजकर्णिकारको अध्यक्षतामा नयाँ संस्था गठन हुँदै

काठमाडौं, ५ असार : ठुला मिडिया मालिकहरुको संस्था मिडिया सोसाइटी बिभाजित भएको छ । पछिल्लो समयमा सञ्चार मुद्दाहरुमा बिभाजित मिडिया मालिकहरु औपचारिक रुपमा नै बिभाजित भएका हुन् ।
एभेन्यूज टेलिभिजनका संचालक भाष्करराज कर्णिकारको संयोजकत्वमा अर्को मिडिया सोसाइटी गठन हुने भएको हो ।
मिडिया सोसाइटीको ७ सदस्यीय तयारी समिति नै बनेको छ । जसका सदस्यहरुमा रातोपाटी डटकमका संस्थापक सम्पादक ओम शर्मा, साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी, लोकान्तर डटकमका सम्पादक विमल गौतम, थाहा खबरका पवन पौडेल र घटना र विचार साप्ताहिकका नवीन उप्रेती छन् ।
जसको पुष्टी साँघुका सम्पादक बुढाथोकीले सामाजिक संजाल फेसबुकमार्फत बिहीबार गरेका छन् । राजकर्णिकारको अध्यक्षतामा गठन हुने सोसाइटीमा अन्नपूर्ण पोष्टका संचालक रामेश्वर थापालाई पनि समेट्ने प्रयास भइरहेको समाचार स्रोतले बताएको छ ।