उद्धारमा खटिएका सुरक्षाकर्मी रक्तदानमा जुटे, रगतदान गर्न सबैलाई आह्वान


२०:३९ बजे

काठमाडौं, १८ चैत । बारा र पर्सामा हावा हुरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएपछि उद्धारमा खटिएका सुरक्षाकर्मीहरु नै रक्क्तदानमा सक्रिय भएका छन् ।

करिब चार सयभन्दा धेरै मानिसहरु घाइते भएपछि उनीहरुको उपचारका लागि रगत अभावभएपछि नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण नै रक्तदानमा जुटेका छन् ।

अस्पताललाई एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ ।
प्रदेश नम्बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका हुन् । उनले ट्वीटमा लेखेका छन, 'वीरगन्ज अस्पतालमा रगतको अभाव देखियो, स्थानीय साथीहरु वीरगन्ज अस्पताल गई तत्काल रगत दान गरौँ ।’

हावा हुरीका कारण बारा र पर्सा गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घाइते भएका छन् । बाराको भलुही, भरबलीया, फेटा, चैनपुलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७