वाम गठबन्धनका उम्मेदवार यादवको उम्मेदवारी खारेज आज टुंगो लाग्ने


०६:२२ बजे

काठमाडौं: सर्वोच्च अदालतले सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारीबारेको छिनोफानोे आज गर्दैछ ।

सर्वोच्चले राय यादवको उम्मेदवारी खारेज हुने या नहुने भन्ने मंसिर २१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै फैसला गर्न लागेको हो । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ ।

सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन आयोगलाई बोलाएको छ । उनीमाथि कुटनीतिक राहदानी दुरुपयोगको आरोप छ । त्यसो त न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस गर्न पनि निर्वाचन आयोगको नाममा आदेश जारी गरेको छ । निर्वाचनको १० दिन अघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि यादवले सर्वोच्चमा रिट हालेका थिए ।

पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद सदस्य रहेका यादव माओवादी प्रवेश गरेर सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । निर्वाचन आयोगले राहदानी दुरुपयोगमा यादवलाई विषेश अदालतले दोषी ठहर गरेको भन्दै उम्मेदवारी खारेज गरेको थियो । विषेश अदालतले यावदलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना समेत तोकेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७