पूर्वमुख्यसचिव अर्याललाई कोलकत्ताबाट काठमाडौं ल्याइयो


२०८३ मङ्सिर १० बिहीबार १५:२५ बजे
फाइल फोटो

काठमाडौं : मलेसियामा वैदेशिक रोजगारीका लागि कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतबाट काठमाडौं ल्याइएको छ ।

अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी केहीबेरअघि काठमाडौं ल्याइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । अर्याललाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर हवाईमार्गबाट काठमाडौं ल्याइएको स्रोतको भनाई छ।

विमानस्थलबाट उनलाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो । सीआईबीबाट उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

मलेसियामा कामदार पठाउँदा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । 

उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७