पक्राउ परे पूर्वमुख्यसचिव एकनारायण अर्याल


२०८३ मङ्सिर ४ शुक्रबार ०८:५५ बजे

काठमाडौं : नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो । 

अर्याल पक्राउ परेको प्रहरी स्रोतले पुष्टि गरे पनि पक्राउ गरिएको स्थान र समयबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन ।

मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धान अघि बढाउने क्रममा अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

उक्त प्रकरणमा यसअघि नै दुई पूर्वश्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन् ।प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल नेपालबाहिर पुगेका थिए । 

उनी भारतको कोलकातामा रहेको अवस्थामा भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी पक्राउ गरिएको र आजै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ ।

अर्याललाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको भए पनि पक्राउ र नेपाल ल्याउने प्रक्रियाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७