सम्पादक भेटघाटमा विष्णु र शंकरको खोजी, रिसाए ओली
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको अनुपस्थितिबारे सम्पादकहरूले प्रश्न उठाएपछि त्यसलाई पार्टीभित्रको अन्तर्विरोध खोज्ने प्रयासका रूपमा टिप्पणी गरेका छन् ।
एमाले प्रचार विभागले बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आयोजना गरेको भेटघाटको सुरुमै पत्रकारहरूले पौडेल र पोखरेल पनि सहभागी हुने पूर्वजानकारी भएपनि उनीहरू उपस्थित नभएको विषयमा जिज्ञासा राखेका थिए ।
ओलीले आफ्नो मन्तव्यको सुरुमै उक्त प्रश्नको जवाफ दिएका थिए ।
‘पार्टीमा त्यत्रा नेता छन्, स्थायी कमिटी, पोलिटब्यूरो छ, तर जम्मा दुई जना किन आउनुभएन भनेर सोधिन्छ,’ उनले भने, ‘प्रदीपजी (ज्ञवाली) मसँग नजिक पनि भएको र यहाँ पनि आउनुभयो, अरू नेता पनि हुनुहुन्छ, तर त्यो प्रश्नले अन्तर्विरोधमा खेल्न खोजियो ।’
अध्यक्षका रूपमा आफूले बोल्न नपाउने र सम्पादकका रूपमा पत्रकारहरूले प्रश्नसमेत गर्न नपाउने अवस्था आएपछि पौडेल र पोखरेल कार्यक्रममा नआएको हुनसक्ने ओलीको भनाइ थियो ।
.gif)

.png)




