शेरबहादुर देउवा समूहलाई कांग्रेसको चेतावनी : नाम, झन्डा र चुनाव चिह्न प्रयोग नगर्नू

देउवा समूहविरुद्ध निर्वाचन आयोगलाई पत्र लेख्दै कांग्रेस


२०८३ मङ्सिर ११ शुक्रबार १८:५८ बजे

काठमाडौं :  नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग नगर्न सचेत गराउने भएको छ।

सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले देउवा समूहलाई पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग नगर्न सूचना जारी गर्ने निर्णय गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए।

त्यस्तै, पार्टीको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई समेत पत्राचार गर्ने निर्णय भएको उनले बताए। बैठकले सरकारका पछिल्ला गतिविधिबारे पार्टीको धारणा तय गरेको पनि शिवाकोटीले जानकारी दिए।

बैठकका थप निर्णय भोलि दिउँसो २ बजे महामन्त्रीहरूले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने उनले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७