झूट र विध्वंसले नेपालीको बदनाम गरायो : केपी शर्मा ओली


२०८३ कार्तिक २३ सोमबार १६:०० बजे
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजमा आपसी सद्भाव र देशमा शान्ति कायम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।

तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले झूट, घृणा र विध्वंसका गतिविधिले समाजलाई अशान्त बनाउने बताए ।

समाजमा झूट फैलाउने, राष्ट्रिय सम्पत्तिमा आगजनी गर्ने र लुटपाट गर्ने कार्यले अन्तर्राष्ट्रिय समुदायमा नेपालीको छवि बिगारेको ओलीको टिप्पणी थियो ।

उनले भगवान् बुद्धका उपदेशबाट विकसित शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए । घृणा फैलाउने प्रवृत्तिको सट्टा सांस्कृतिक र शैक्षिक माध्यमबाट मानिसको सोच र मनोभावमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो ।

नेपाली समाजलाई श्रम र निर्माणमा विश्वास गर्ने समुदायका रूपमा चित्रण गर्दै ओलीले मौलिक कला तथा संस्कृतिले मानिसको सोच, आचरण र व्यवहारलाई सकारात्मक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७