गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गर्ने युट्युबर पक्राउ


२०८३ मङ्सिर २ बुधबार १४:५८ बजे

काठमाडौं : गृहमन्त्री सुधन गुरुङकी आमाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

कालीकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।

वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा पक्राउ परेका बोगटीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

गृहमन्त्रीकी आमा ४९ वर्षीया ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) ले आफ्नो अनुमतिबिना भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

केही दिनअघि सार्वजनिक भएको भिडियोमा लामाले छोरा गृहमन्त्री बनेपछि भेट नभएको र आफूलाई अहिले छोराछोरीको आर्थिक सहयोग आवश्यक नरहेको बताएकी थिइन् । 

भिडियो भाइरल भएपछि लामाले अर्को भिडियो सार्वजनिक गर्दै आफूले अन्तर्वार्ता दिन अनुमति नदिएको र कुराकानी लुकेर खिचिएको दाबी गरेकी थिइन् ।

उनले कसैको व्यक्तिगत जीवनमा असर पर्ने गरी भिडियो सार्वजनिक नगर्न र घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७