प्रधानमन्त्री बालेनलाई गाली गरेर भिडियो बनाएको आरोपमा युट्युबर पक्राउ


२०८२ चैत २९ आइतबार १३:११ बजे

काठमाडौँ : सामाजिक सञ्जालमा नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै भिडियो बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले चैत २६ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम तथा ट्युब च्यानलमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसहित अन्य नेताहरूमाथि अपशब्द प्रयोग गर्दै सामग्री प्रसारण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहका अनुसार उनलाई साइबर अपराधसम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यस्तै, पाँचथर प्रहरी प्रमुख डीएसपी अनिश कर्णले साइबर ब्युरोसँगको समन्वयमा पोखरेललाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनीविरुद्ध मुद्दा पाँचथरमै दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

युट्युबर पक्राउ, साइबर अपराध, बालेन शाह, नेपाल प्रहरी, सामाजिक सञ्जाल

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७