इन्स्पेक्टर केसी सरकारी निवासमै मृत फेला


२०८३ मङ्सिर २ बुधबार ०९:२७ बजे

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी सरकारी निवासमै मृत फेला परेका छन् ।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसी मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा अचेत अवस्थामा फेला परेका हुन् ।

बिहान साढे ९ बजेसम्म पनि उनी निवासबाट बाहिर ननिस्किएपछि प्रहरीले अवस्था बुझ्न क्वार्टरमा पुगेको थियो । निवासको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा रहेकाले लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई बाहिर निकालेको थियो ।

अचेत अवस्थामा भेटिएका केसीलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

केसी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार केसीको मृत्युको कारण खुल्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ ।

सरकारी निवासमै प्रहरी अधिकृत मृत फेला परेपछि घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७