थुन्ने कुरा बोल्ने त के सोच्ने विषय पनि होइन, आईजीपीबारे प्रहरीको जवाफ


२०८३ मङ्सिर २ बुधबार १५:४७ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई आईजीपीले थुन्ने भनेको दाबीलाई नेपाल प्रहरीले अस्वीकार गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले त्यस्तो अभिव्यक्ति नदिएको बताएका छन् । काफ्लेले आईजीपीले त्यस्तो कुरा बोल्ने त के, सोच्नसमेत नसक्ने बताए ।

उनले आईजीपी नियुक्त भएपछि केसी संगठनका आन्तरिक कार्यक्रमबाहेक अन्य औपचारिक वा अनौपचारिक भेटघाट नभएको दाबी गरे । उनले भने, ‘आईजी सा’बमात्रै होइन, कुनै पनि प्रहरी कर्मचारीले त्यस्तो कुरा बोल्ने भन्ने हुँदैन, त्यस्तो भएकै छैन ।’

काफ्लेले प्रहरी संगठनप्रति नकारात्मक धारणा नबनाउन पनि आग्रह गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७