काठमाडौंबाट रारा जाँदै गरेको जिप दुर्घटना : तीन जनाको मृत्यु
काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित जिमाकाँरा भीरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काठमाडौँबाट रारा आउँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको हो ।
बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप आज टोप्लास्थित जिमाकाँरा भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
दुर्घटनामा जिपमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । मृत्यु हुनेमा काठमाडौँको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।
दुर्घटनामा जिप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । उनीहरू दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए ।
.gif)

.png)




