मुकुल ढकाल र निशा डाँगी मंसिर १० गते विवाह बन्धनमा बाँधिँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह आगामी मंसिर १० गते हुने भएको हो ।
निकटस्थहरूका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको टीकाटालोसमेत भइसकेको छ ।
ढकालले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित डाँगीको घर जाने तयारी गरेका छन् । विवाहको तयारीका लागि उनी बुधबार काठमाडौंबाट झापा जाँदैछन् ।
ढकालले विमानस्थलबाट फोनमार्फत आफ्नो विवाह हुन लागेको पुष्टि गरेका छन् ।
.gif)

.png)




