हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ । दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।
महाशाखाले आज देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
.gif)

.png)




