अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा


२०८३ कार्तिक १६ सोमबार ०८:०१ बजे

बाँके : तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले पहिलो दिन सर्वाधिक २४ स्वर्ण पदक जित्दै अग्रता लिएको छ ।

नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ३८ व्यक्तिगत र दुई रिले गरी ४० इभेन्ट सम्पन्न भएका छन् ।

प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीका अनुसार नयाँ दिल्लीको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, ललितपुरको रातो बंगला र काठमाडौंको मपिल क्यानेडियन स्कुलले दुई–दुई स्वर्ण जितेका छन् । लखनउको गल्स कलेज र शिखा एकेडेमी पनि पदक तालिकामा रहेका छन् ।

प्रतियोगितामा अन्डर–८ देखि अन्डर–१७ र १७ वर्षमाथिको ओपन समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत गरी छ विधामा कुल ८० इभेन्ट समावेश गरिएको छ। आइतबार बाँकी ४० इभेन्टका खेल हुनेछन् ।

प्रतियोगितामा नेपालसहित भारतको नयाँ दिल्ली र लखनउबाट गरी १५० खेलाडी सहभागी छन् ।

नेपालगन्जमा पौडी खेलको प्रवर्द्धन गर्ने उद्देश्यले उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाहरूको पहलमा नेपालगन्ज स्वीमिङ क्लब गठन गरिएको हो ।

आयोजकका अनुसार यो लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शनिबार गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७