हिमाली क्षेत्रमा आंशिक बादल, तराईमा मौसम सफा रहने
काठमाडौं : देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
.gif)

.png)



