अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा क्रमिक सुधार हुने
काठमाडौं : अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुने भएको छ ।
पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव घट्दै गएको र माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै रहेकाले मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छद।
आइतबार दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान छद। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छद।
यस्तै, राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छद।
तराई, उपत्यका तथा खोँचका केही स्थानमा भने बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छद।
.gif)

.png)




