काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने काठमाडौं आइपुगे डेभिड वार्नर
काठमाडौं : अस्ट्रेलियाका अनुभवी क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । काठमाडौं गोर्खाजमा अनुबन्धित वार्नर आइतबार साँझ काठमाडौं अवतरण गरेका हुन् ।
काठमाडौं गोर्खाजले सोमबार मध्याह्न साढे १२ बजे कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलमा वार्नर पनि मैदान उत्रिने सम्भावना रहेको छ ।
पहिलो खेलमा पराजित भएको गोर्खाजका लागि वार्नरको आगमनले टोलीको ब्याटिङलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
एनपीएलमा अनुबन्ध भएका चर्चित विदेशी खेलाडीमध्ये वार्नर एक हुन् । ३९ वर्षीय वार्नरले एनपीएल खेल्न आफू उत्साहित रहेको बताएका छन् ।
अस्ट्रेलियाका सफल ब्याटरमध्ये एक वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटै फर्म्याटमा गरी १८ हजार ९९५ रन बनाएका छन् । उनले टेस्टमा ८ हजार ७८६, एकदिवसीय अन्तर्राष्ट्रियमा ६ हजार ९३२ र टी–२० अन्तर्राष्ट्रियमा ३ हजार २७७ रन बनाएका छन् ।
तीनवटै फर्म्याटमा शतक बनाएका वार्नरले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।
.gif)

.png)




