यस्तो छ पाँच दिनको मौसम पूर्वानुमान : केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


२०८३ मङ्सिर ४ शुक्रबार ०९:४६ बजे
फाइल फोटो

काठमाडौं : नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि तराई, उपत्यका र खोचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार आगामी पाँच दिन देशका विभिन्न क्षेत्रमा आंशिक बादल लाग्ने, केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने र बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

यस्तो छ पाँच दिनको मौसम पूर्वानुमान

मंसिर ४ गते, शुक्रबार

  • दिउँसो : कोसी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

  • राति : कोसी प्रदेशमा आंशिक बादल लाग्ने र अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । बिहान तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ ।

मंसिर ५ गते, शनिबार

  • दिउँसो : कोसी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्छ ।

  • राति : कोसी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बिहान तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

मंसिर ६ गते, आइतबार

  • दिउँसो : कोसी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्छ ।

  • राति : देशभर आंशिक बादल लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

मंसिर ७ गते, सोमबार

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ । यी तीन प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्छ । बिहान तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ ।

मंसिर ८ गते, मंगलबार

कोसी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्छ । बिहान तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७