२ किलो ७०० ग्राम हात्तीको दाह्रा जस्तो वस्तुसहित तीन जना पक्राउ


२०८३ मङ्सिर ६ आइतबार ०८:०७ बजे

काठमाडौं : हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्री गर्न लागेको आरोपमा मकवानपुरमा तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इलाका प्रहरी कार्यालय नेवारपानीको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका–१९ स्थित सार्वजनिक स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार अवैध रूपमा खरिद–बिक्रीका लागि ल्याइएको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार एक थान बरामद गरेको सीआईबीले जनाएको छ । 

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ का ४९ वर्षीय मानबहादुर गोले, हेटौंडा–१० का ७९ वर्षीय चतुरसिंह लामा वाइबा र रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–२ का ५८ वर्षीय श्रीबहादुर जिम्बा रहेका छन् ।

प्रहरीले बरामद गरेको आखेटोपहारको तौल २ किलो ७०० ग्राम रहेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत डिभिजन वन कार्यालय राप्ती, मनहरीमा बुझाइएको सीआईबीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७