दलको झोला बोके कर्मचारीलाई कडा कारबाही : गृहमन्त्री गुरुङ
काठमाडौं : गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीले राजनीतिक दलको पक्षमा लागेर नेताको चाकडी गरे कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत कर्मचारीले आफ्नो पदीय जिम्मेवारी भुलेर जनताको सेवाभन्दा नेताको चाकडीलाई प्राथमिकता दिन नहुने बताएका हुन् । यस्तो गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही गरिने र त्यसमा कुनै सम्झौता नहुने उनको भनाइ छ ।
गुरुङले राष्ट्रसेवक कर्मचारीको जिम्मेवारी कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवामा समर्पित हुने भएको स्पष्ट पारेका छन् ।
‘नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने, पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,’ उनले लेखेका छन् ।
उनले कर्मचारीलाई कसैको चाकडी नगरी जनताको दुःख बुझेर जिम्मेवारी निर्वाह गर्न र देशप्रति इमानदार रहन आग्रह गरेका छन् ।
हेर्नूहोस् गृहमन्त्री गुरुङको पोष्टः
.gif)

.png)




