एक सातासम्म मौसम सफा रहने पूर्वानुमान, चिसो भने बढ्दै जाने
काठमाडौं : आगामी एक सातासम्म नेपालमा ठूलो मौसमी प्रणालीको प्रभाव नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातबाहेक अन्य क्षेत्रमा ठूलो मौसमी प्रणालीको असर नदेखिने महाशाखाका मौसमविद् विनु महर्जनले बताइन् ।
पूर्वी र मध्य मधेसका केही स्थानमा हुस्सु लाग्ने तथा जाडोयाम सुरु हुँदै गएकाले क्रमशः तापक्रम घट्ने उनले जानकारी दिइन् ।
तराई क्षेत्रमा बिहानपख केही समय हुस्सु लाग्ने क्रम सुरु भए पनि शीतलहर चल्ने अवस्था भने नरहेको महाशाखाले जनाएको छ ।
.gif)

.png)




