बेत्रावतीमा सेनाले बनायो ७३ मिटर लामो पुल : सडक आयोजनालाई हस्तान्तरण
काठमाडौं : नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा एक्रो ब्रिजको निर्माण सम्पन्न गरेको छ।
सेनाले उक्त एक्रो ब्रिज आइतबार गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण समेत गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले उक्त पुल निर्माण गरेको हो।
.jpeg)
पुल निर्माणका लागि करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँचमार्ग तयार गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
असोज २० गतेदेखि सुरु गरिएको एक्रो ब्रिज जडान कार्य असोज २४ गते सम्पन्न भएको थियो।
निर्माण सम्पन्न भएको पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ।
४० टनसम्म भारवहन क्षमता रहेको उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
.jpeg)
त्यसैगरी, बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहजता पुग्ने विश्वास लिइएको छ।
बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गरी यातायात सञ्चालनलाई सहज बनाउने प्रयासअन्तर्गत सेनाले उक्त पुल निर्माण गरेको हो।
.jpeg)
.gif)

.png)


