बूढीगण्डकी बाढीमा सेनाको उद्धार टोली परिचालन


२०८३ असोज २५ आइतबार ११:१२ बजे

काठमाडौं :  बूढीगण्डकीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । शनिबार बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको थियो । बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि सेनाको टोली परिचालन गरिएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार खोज तथा उद्धारका लागि हवाई र स्थलमार्गबाट टोली परिचालन गरिएको छ । उद्धार टोलीले सम्भावित अवरोध र प्रभावित क्षेत्रको अवस्थाबारे आकलन गरिरहेको छ । पहिरोको जोखिममा रहेको जगत् गाउँबाट छ जनालाई हवाईमार्गबाट उद्धार गरिएको सेनाले जनाएको छ ।

काठमाडौंमा रहेको सेनाको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ पनि हवाईमार्गबाट प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७