बुढीगण्डकी बाढीको वितण्डा : १० जना सम्पर्कविहीन, ६ पुल र ३५ घर बगे


२०८३ असोज २५ आइतबार १२:१२ बजे
तस्बिरः नेपाल फोटो सर्भिस (NPS)

गोरखा : आइतबार बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। 

बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे गरी ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। 

त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ। बाढीका कारण माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। 

पुलहरू बगाएपछि प्रभावित क्षेत्रका विभिन्न बस्तीबीचको आवतजावतमा समस्या भएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ। त्यस्तै, जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ।

बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिको अवस्था र प्रभावित क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७