कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ
इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोप
काठमाडौं : इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा विनिता खड्का पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको हो । सीआईबीकी एआईजी उमा चतुर्वेदीले उनको पक्राउबारे जानकारी दिएकी हुन् ।
खड्का नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन् । महाधिवेशनअन्तर्गत मतदान सम्पन्न भइसकेको भए पनि उनको नतिजा आउन बाँकी छ ।
यस प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरिसकेको छ ।
इजरायल पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
.gif)

.png)


