एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई धरौटीमा छाड्न अदालतको आदेश


२०८३ असोज २३ शुक्रबार १९:२५ बजे

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशीलाई १५ लाख रुपैयाँ र पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केही दिनअघि दुवै जनालाई पक्राउ गरेको थियो। 

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७