राष्ट्रपति सिको सुरक्षामा दिल्लीमा १५ हजार प्रहरी, होटल वरपर ‘नो-फ्लाइ जोन’
नयाँदिल्ली : चिनियाँ राष्ट्रपति सि चिनफिङको भारत भ्रमण तथा १८औँ ब्रिक्स शिखर सम्मेलनलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सिको २४ घण्टे भारत भ्रमणका क्रममा उनी बस्ने होटल र आसपासको क्षेत्रमा विशेष सुरक्षा घेरा निर्माण गरिएको छ भने होटलमाथिको आकाशमा अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ लागू गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको विदेश मन्त्रालयका अनुसार सि शनिबार, सेप्टेम्बर १२ मा पालमस्थित एयर फोर्स स्टेसनमा अवतरण गर्ने कार्यक्रम छ। उनी सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनेछन्।
सम्मेलनमा सहभागी हुने विश्वका प्रमुख नेताहरूको सुरक्षालाई ध्यानमा राख्दै नयाँदिल्लीमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। करिब १५ हजार दिल्ली प्रहरी तथा अर्धसैनिक बलका २०० कम्पनी परिचालन गरिएको छ। रणनीतिक तथा संवेदनशील क्षेत्रमा ५०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरी निगरानीसमेत बढाइएको छ।
सिको होटल वरपर विशेष सुरक्षा
चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि दिल्ली प्रहरीको स्पेसल सेल परिचालन गरिएको छ। चाणक्यपुरी क्षेत्रमा सि बस्ने होटल वरपर सुरक्षा व्यवस्था विशेष रूपमा कडा पारिएको छ। चिनियाँ सुरक्षा अधिकारीहरूको टोलीसमेत अत्याधुनिक उपकरणसहित भारत पुगिसकेको जनाइएको छ।
होटलको छतदेखि भुइँतलासम्म सुरक्षा जाँच र निगरानी बढाइएको छ। होटलका कर्मचारी तथा अन्य सम्बद्ध व्यक्तिहरूको पृष्ठभूमिसमेत जाँच गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सिको सुरक्षाका क्रममा सम्भावित रासायनिक, जैविक, रेडियोलोजिकल तथा आणविक (सीबीआरएन) जोखिमलाई समेत ध्यानमा राखिएको छ। होटल तथा आसपासका क्षेत्रमा शंकास्पद गतिविधि हुन नदिन विशेष सुरक्षा टोली परिचालन गरिएको छ।
ब्रिक्स सम्मेलनका मुख्य स्थल भारत मण्डपम, विदेशी नेताहरू बस्ने होटल, विमानस्थलदेखि सम्मेलनस्थलसम्मका मार्ग तथा भीआईपी आवागमन हुने क्षेत्रलाई पनि विशेष सुरक्षा घेरामा राखिएको छ। सम्मेलनस्थल र होटलहरूमा १०० भन्दा बढी तालिमप्राप्त के–९ स्निफर डग परिचालन गरी विस्फोटक तथा अन्य सम्भावित जोखिमको खोजी भइरहेको छ।
३५ भन्दा बढी सडकमा आवागमन प्रभावित
ब्रिक्स सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका शीर्ष नेता नयाँदिल्ली पुगिरहेका छन्। उनीहरूको आवागमनलाई व्यवस्थित गर्न राजधानीका सडकमा विशेष ट्राफिक व्यवस्थापन गरिएको छ।
भीआईपी सवारीका क्रममा विभिन्न सडकमा अस्थायी रोक तथा डाइभर्सन लागू गरिएको छ। ३५ भन्दा बढी सडक प्रभावित हुने रुटमा ट्राफिक व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ। सार्वजनिक यातायात भने सञ्चालनमा रहने भारतीय अधिकारीहरूले बताएका छन्।
सम्मेलनका कारण नयाँदिल्लीमा सरकारी कार्यालय, विद्यालय तथा केही व्यवसायमा बिदा तथा ‘वर्क फ्रम होम’को व्यवस्था गरिएको छ। यसले सर्वसाधारणको दैनिक आवागमनमा समेत असर पारेको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
सात वर्षपछि सि भारतमा
सिको यो भ्रमण सन् २०२० को गलवान झडपपछि भारतको पहिलो भ्रमण हो। उक्त घटनामा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो। त्यसपछि भारत र चीनबीचको सम्बन्ध लामो समयसम्म तनावपूर्ण रह्यो।
पछिल्ला वर्षमा भने सीमा क्षेत्रमा सैनिक विच्छेदन, प्रत्यक्ष उडान पुनःसञ्चालन तथा व्यापारिक सम्बन्ध सुधारका प्रयास भएका छन्। सिको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुने तय भएको छ।
चिनियाँ विदेश मन्त्रालयले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको पुष्टि गर्दै भारत–चीन सम्बन्धलाई रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउन संवाद र सहकार्य बढाउने पक्षमा चीन रहेको जनाएको छ।
मोदी–सि भेटलाई १८औँ ब्रिक्स शिखर सम्मेलनको महत्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरिएको छ। भेटमा सीमा विवाद, व्यापार, लगानी, प्रत्यक्ष हवाई उडान तथा दुई देशबीचको समग्र सम्बन्ध सुधारका विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।
ब्रिक्समा विश्व अर्थव्यवस्थादेखि भूराजनीतिसम्म छलफल
भारतको अध्यक्षतामा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा चीन र भारतसहित रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, इन्डोनेसिया, इजिप्ट, इथियोपिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाका नेताहरू सहभागी हुँदै छन्।
सम्मेलनमा व्यापार, लगानी, ऊर्जा तथा खाद्य सुरक्षा, प्रविधि, आपूर्ति शृङ्खला तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सुधारलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व, अमेरिका–चीन तनाव तथा विश्व अर्थव्यवस्थामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच आयोजना हुन लागेको सम्मेलनलाई उदीयमान अर्थतन्त्रबीच साझा रणनीति निर्माणका दृष्टिले महत्वपूर्ण मानिएको छ। सिको भारत भ्रमणले सुरक्षा र कूटनीति दुवै दृष्टिले नयाँदिल्लीको महत्त्व बढाएको छ। एकातिर सिको
.gif)

.png)

