रवि लामिछाने निवास पुगे अर्थमन्त्री वाग्ले, डेढ घण्टाभन्दा बढी छलफल
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ। सोमबार साँझ अर्थमन्त्री वाग्ले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६, इटालिटारस्थित लामिछानेको निवासमा पुगेका थिए।
लामिछाने निवासमा दुई जनाबीच भेटवार्ता भएको हो। उनीहरूबीच साँझ ७ः२० बजेदेखि ८ः५५ बजेसम्म करिब १ घण्टा ३५ मिनेट छलफल भएको बताइएको छ। भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
.gif)

.png)

