एमालेको चुनावी प्रचारमा गायिका ज्योति मगर
काठमाडौँ : गायिका ज्योति मगर नेकपा (एमाले)को चुनावी प्रचारमा सहभागी भएकी छन् । मंगलबार उनी काठमाडौँको भृकुटीमण्डपस्थित एमाले महाधिवेशन स्थलमा देखिएकी हुन् ।
मगरले उपाध्यक्ष पदका उम्मेदवार पृथ्वी सुब्बा गुरुङलगायत नेताका लागि मत मागेकी छन्। एमालेको ११औँ महाधिवेशनअन्तर्गत चुनावी प्रक्रिया जारी छ । आज दिउँसो ३ बजेदेखि विद्युतीय मेसिनमार्फत मतदान गर्ने तयारी छ ।
महाधिवेशन स्थलमा अहिले नेता, कार्यकर्ता र प्रतिनिधिहरू आ–आफ्ना उम्मेदवारको पक्षमा मत माग्न व्यस्त छन्।
.gif)

.png)


