‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ दुई गायिकाको तरिका सही लाग्यो : प्रधानमन्त्री


२०८२ असार १४ शनिबार १४:१९ बजे
तस्वीर : प्रधानमन्त्रीको पोस्टबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूहरूलाई लाञ्छना लगाउनेहरूविरुद्ध उत्रिएका गायिकाहरु समीक्षा अधिकारी र एलिना चौहानको प्रशंसा गरेका छन् । गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लागेको भनी प्रधानमन्त्री ओलीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत तारिफ गरेका छन् । 

‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ’, उनले लेखेका छन्, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डो¥याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७