पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध


२०८३ असोज ११ आइतबार ०८:३० बजे

काठमाडौं : अविरल वर्षासँगै पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान नाम्सी खोला पुलमाथिबाट पहिरो खसेपछि सडकमा सवारीसाधनको आवागमन रोकिएको हो।

कार्यालयले बिहान ७:५५ बजे दिएको अपडेटअनुसार पहिरो हटाउने कामका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको छ। 

सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउने क्रममा थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७