नेफिनका उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको निधन


२०८३ असोज ११ आइतबार ०८:४६ बजे

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का उपाध्यक्ष तथा नेवाः देय् दबूका सल्लाहकार चन्द्रलाल राजभण्डारीको निधन भएको छ। राजभण्डारीको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो।

राजभण्डारीको निधनपछि नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)सहित सम्बद्ध संघसंस्थाले शोक व्यक्त गरेका छन्। 

नेफिन संघीय परिषद् सचिवालयले शनिबार आफ्नो कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी स्वर्गीय राजभण्डारीको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेको हो।

यसअघि नेफिनले शनिबार बिहान जुममार्फत बैठक आयोजना गरी राजभण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। राजभण्डारीले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान र सामाजिक उत्थानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको नेफिनले जनाएको छ।

उनको योगदान आदिवासी जनजाति अधिकारको आन्दोलनका लागि स्मरणीय र प्रेरणादायी रहने महासंघले जनाएको छ। राजभण्डारीको निधनले आदिवासी जनजाति अधिकारको आन्दोलन तथा त्यससँग सम्बन्धित संघसंस्थामा अपूरणीय क्षति पुगेको नेफिनको भनाइ छ।

स्वर्गीय राजभण्डारीका श्रीमती, एक छोरा, दुई छोरी, ज्वाइँ तथा चार जना नातिनातिना छन्। उनको अन्त्येष्टि शनिबार भारतमै गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७