हनुमन्तेमा पानीको सतह बढ्योः लोकन्थलीबाट १६ परिवारको उद्धार


२०८३ असोज ९ शुक्रबार १३:२७ बजे
फाइल फोटो

भक्तपुर : हनुमन्ते खोलामा पानीको सतह बढेपछि लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीको होचो भूभागमा पानी पस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै ती परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

प्रहरीका अनुसार हालसम्म पानी मानव बस्तीमा प्रवेश गरेको छैन। तर, खोलामा पानीको चाप बढ्दै गएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै परिवारहरूलाई समयमै उद्धार गरिएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७