पहिरोले कान्ति लोकपथका तीन ठाउँ अवरुद्ध

हेटौँडाबाट चल्ने यातायात प्रभावित


२०८३ असोज ९ शुक्रबार ०९:०७ बजे
फाइल फोटो

काठमाडौं : लगातारको वर्षाका कारण कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फका विभिन्न स्थानमा पहिरो खसेपछि हेटौँडाबाट सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ।

कान्ति लोकपथको ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए। 

पहिरोका कारण हेटौँडाबाट कान्ति लोकपथ हुँदै ललितपुरतर्फ जाने तथा आउने सवारीसाधनको आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।

यसैबीच, लगातार वर्षाका कारण विभिन्न जलाशयमा पानीको सतह बढ्ने जोखिम भइरहेका बेला कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा भने पानीको सतह हाल सामान्य रहेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए।

सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७