लुम्बिनी र गण्डकीका केही जिल्लामा पछिल्लो १२ घण्टामा धेरै वर्षा, जलसतह बढ्दै
काठमाडौं : पछिल्लो १२ घण्टामा पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा बढी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका कपिलवस्तु र गुल्मी तथा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा र पाल्पा आसपासका क्षेत्रमा वर्षा भइरहेको छ।
ती क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाल बाढीको अवस्था सामान्य रहेको जनाएको छ।
यस्तै, कर्णाली प्रदेशका हिमाली भूभागबाहेक देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण खोलानालाको जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले नदी तथा खोलानालाको आसपासमा बसोबास गर्ने र यात्रा गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
.gif)

.png)


