टियागो ईभीमा ‘जोयफुल विक’ : ४ लाख ३० हजार डाउन पेमेन्टमा खरिदको अवसर


२०८३ असोज ५ सोमबार १४:४८ बजे

काठमाडौं : टाटा मोटर्सको नयाँ टियागो ईभी आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ विशेष अभियान सञ्चालन गरिरहेको छ। सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउन पेमेन्टमा नयाँ टियागो ईभी घर लैजान सक्नेछन्।

‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ मुख्य सन्देशसहित सञ्चालन भइरहेको अभियानले ग्राहकलाई पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड हुने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्। पुरानो गाडी एक्सचेन्ज गर्दा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’को सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यस्तै, अभियान अवधिभर गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पाउनेछन्। नयाँ टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङ अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा लोकप्रिय विद्युतीय मोडलका रूपमा रहेको कम्पनीको दाबी छ।

पुरानो गाडीलाई नयाँ विद्युतीय सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘जोयफुल विक’ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई थप सहज र आकर्षक बनाउने कम्पनीले जनाएको छ। ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन्। अभियान सेप्टेम्बर २६ सम्म सीमित अवधिका लागि सञ्चालन हुनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७