बंगलादेश एयरलाइन्सको विमानभित्र दुई यात्रुबीच मुक्का हानाहान भएपछि...


२०८३ असोज ४ आइतबार ०८:५८ बजे

काठमाडौं : लन्डनबाट बंगलादेशको ढाका उडिरहेको बंगलादेश एयरलाइन्सको विमानभित्र दुई यात्रुबीच कुटाकुट भएको छ। उडानकै क्रममा दुई पुरुष यात्रुबीच विवाद बढ्दै गएपछि हात हालाहाल भएको हो। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले भाइरल भइरहेको छ।

टाइम्स अफ इण्डियाका अनुसार सुरुमा दुई यात्रुबीच भनाभन भएको थियो। विवादले उग्र रूप लिएपछि उनीहरूले एकअर्कामाथि मुक्का प्रहार गर्न थालेका थिए। कुटाकुटका क्रममा एक यात्रुको टिसर्टसमेत च्यातिएको भिडियोमा देखिन्छ।

अचानक विमानको क्याबिनभित्र हिंसात्मक अवस्था सिर्जना भएपछि बालबालिका तथा वृद्धवृद्धासहित अन्य यात्रुहरू त्रसित बनेका थिए। क्याबिन क्रुका सदस्य र अन्य यात्रुले हस्तक्षेप गरी दुवै यात्रुलाई छुट्याएका थिए। भिडियो फुटेजमा यात्रुहरूबीच भएको मुठभेड, उनीहरूलाई छुट्याउन गरिएको प्रयास र घटनापछि क्याबिनभित्र देखिएको अस्तव्यस्त अवस्थासमेत देखिन्छ।

यद्यपि, दुई यात्रुबीच विवाद सुरु हुनुको कारण र घटनापछि उनीहरूमाथि के–कस्तो कारबाही भयो भन्नेबारे तत्काल स्पष्ट विवरण सार्वजनिक भएको छैन। घटनाबारे बंगलादेश एयरलाइन्सका महाप्रबन्धक महबुबुद्दिन अहमदसँग सम्पर्क गर्दा आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन्। उनले घटनाबारे बुझिरहेको प्रतिक्रिया दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७