संगिना वैद्य बनिन् राखेपको पहिलो महिला निर्देशक


२०८३ असोज २ शुक्रबार २०:११ बजे

काठमाडौं : ओलम्पियन तथा पूर्वतेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन्। वैद्यको नियुक्तिसँगै राखेपको करिब ६ दशक लामो इतिहासमा निर्देशक पदमा पुग्ने पहिलो महिला बनेकी छन्।

खेलाडीका रूपमा पनि वैद्यले नेपाली खेलकुदमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकी छन्। उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन्। उनले सन् २००४ मा ग्रिसको एथेन्समा भएको ओलम्पिकमा तेक्वान्दोबाट सहभागिता जनाएकी थिइन्। त्यसअघि कुनै पनि नेपाली खेलाडीले ओलम्पिकको छनोट चरण पार गरेर सहभागिता जनाएका थिएनन्।

वैद्य एसियाली स्तरको प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन्। उनले सन् १९९६ मा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। त्यस्तै, उनले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि दुई स्वर्ण पदक जितेकी छन्। उनले सन् १९९९ मा काठमाडौँमा र सन् २००४ मा पाकिस्तानमा भएको सागमा स्वर्ण जितेकी थिइन्।

खेलाडी जीवनपछि वैद्य राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत थिइन्। अब उनले तालिम तथा प्रशिक्षण विभागको निर्देशकका रूपमा खेलाडीको प्रशिक्षण तथा खेलकुद विकाससम्बन्धी जिम्मेवारी सम्हाल्नेछिन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७