नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
काठमाडौं : सरकारले नेपाल मेडिकल काउन्सिलमा पाँच जना नयाँ सदस्य नियुक्त गरेको छ। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
काउन्सिलको सदस्यमा नियुक्त हुनेमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के रहेका छन्। नियुक्तिपछि पाँचै जनाले काउन्सिल सदस्यका रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
.gif)

.png)

