सरकारले ‘नोटिस’ मा राखेपछि राजेन्द्र लिङ्देनको चुनौति : सके पक्रेर देखाउनू


२०८१ असोज २ बुधबार १८:२८ बजे
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । पार्टीका नव निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी पत्र दिने कार्यक्रममा बोल्दै आफू यो संविधानमा भएको व्यवस्थाको विरोधी भएको बताए ।

उनले भने, ‘भोलि संविधान दिवस छ, संविधानविरोधी पार्टीका नेताहरूलाई सरकारले नोटिसमा राखेको छ रे । त्यसमा राजेन्द्र लिङ्देन पनि छ म सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन । त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओस् । हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौं । त्यसैले हामीले संयमितता अपनाइरहेका छौं ।’ सरकारले भोलि संविधान दिवसको कार्यक्रमलाई लक्षित गर्दै राजेन्द्र महतोदेखि राजेन्द्र लिङ्देनसम्म नोटिसमामा राखेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७