अमेरिकी राष्ट्रपति बाइडनले बेलायती राजाको ढाडमा हात राखेपछि विवाद, शाही ‘प्रोटोकल’ तोडेको आरोप


२०८० असार २६ मंगलबार ०९:३० बजे

लण्डन । अमेरिकी राष्ट्रपति जो बाइडन अहिले युरोप भ्रमणमा छन् । यस क्रममा उनले विन्डसर क्यासलमा राजा चार्ल्स तृतीयालाई पनि भेटे ।

राजा चार्ल्स तृतीयले पनि बाइडनलाई न्यानो स्वागत गरे । यसै क्रममा केही भयो, जसको अहिले चर्चा भइरहेको छ । मानिसहरूले त्यसलाई शाही प्रोटोकलको उल्लङ्घन भनेका छन् । वास्तवमा जब बाइडन सुरक्षाको एस्काँर्टको साथ ‘द बिस्ट’ भनेर चिनिने आफ्नो आधिकारिक गाडीमा विन्डसर क्यासल आइपुगे । यहाँ राजा चार्ल्स तृतीयाले हात जोडेर स्वागत गरे । त्यसपछि दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । चार्ल्स तृतीयासँगै बाइडनले वेल्श गार्डको पनि निरीक्षण गरेका थिए ।

तर विवाद त्यो बेला उत्पन्न भयो जब जो बाइडनले राजा चार्ल्सको पिँठ्युमा आफ्नो हात राखे । अहिले उनलाई यही आरोप लागेको छ कि त्यसो गरेर उनले शाही प्रोटोकल तोडेका छन् किनकी उनी राजा हुन् । उनको पिँठ्युमा हात राख्न मिल्दैन, सुहाउँदैन ।

यद्दपी, बकिंघम प्यालेस स्रोतले यसलाई व्यक्ति र देश दुवैको विगतको न्यानोपन र स्नेहको प्रतीकको रूपमा वर्णन गरेको छ । दरबार स्रोतहरूले भने कि राजा चार्ल्स जो बाइडनले राजाको पिँठ्यु छोएकोमा पूर्ण रूपमा सहज नै थियो । यो दुई व्यक्ति र तिनीहरूका राष्ट्रहरूबीचको न्यानोपन र स्नेहको कस्तो अद्भुत प्रतीक थियो, स्रोतले भन्यो । प्रोटोकल अनुसार भएको पनि उनले बताए ।

राजा बनेपछि अमेरिकी राष्ट्रपति जो बाइडनसँग चार्ल्स तृतीयको यो पहिलो औपचारिक भेट थियो । सो क्रममा दुवै नेताबीच जलवायु परिवर्तनविरुद्धको लडाईंबारे छलफल भएको थियो । यससँगै यसको समाधानका लागि जलवायु वित्त परिचालन मञ्चसँग पनि छलफल भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७