सहसचिव रुद्रसिंह तामाङ सचिवमा बढुवा
काठमाडौं : सरकारले सहसचिव रुद्रसिंह तामाङलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै तामाङले अब निजामती सेवाको उच्च प्रशासनिक तहमा सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई सम्बन्धित मन्त्रालय वा निकायमा जिम्मेवारी तोकिनेछ।
.gif)

.png)

