कालीप्रसाद पराजुली सचिवमा बढुवा
काठमाडौं : सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो। तीमध्ये पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो।
.gif)

.png)

