सामान्य प्रशासनले गर्‍यो एकैपटक ८६ खरिदारको सरुवा (सूचिसहित)


२०८३ भदौ ३१ बुधबार ०७:४४ बजे
फाइल फोटो

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८६ जना खरिदारको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार संघीय सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत ८६ जना खरिदारलाई नयाँ कार्यालयमा सरुवा गरिएको हो। 
मन्त्रालयका अनुसार कार्यालयको आवश्यकता, कार्यबोझ तथा प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राखेर कर्मचारीहरूको सरुवा गरिएको हो। सरुवा भएका कर्मचारीले तोकिएको नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ। सरुवासँगै विभिन्न मन्त्रालय, विभाग तथा संघीय सरकारअन्तर्गतका कार्यालयमा खरिदारहरूको जिम्मेवारी परिवर्तन भएको छ। मन्त्रालयले सम्बन्धित कर्मचारीलाई सरुवा भएको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी कामकाजमा खटिन निर्देशन दिएको छ।
विवस्तृत विवरण हेर्नूहोस्ः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७