चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा चार शव फेला
काठमाडौं : रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्ने क्रममा चार वटा शव फेला परेका छन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार खोजी तथा उद्धारका क्रममा सुरुङभित्र चार वटा शव भेटिएका हुन्। प्रारम्भिक रूपमा ती शव सुरुङभित्र कार्यरत कर्मचारीको हुन सक्ने अनुमान गरिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा जारी खोज तथा उद्धारअन्तर्गत ती शव फेला परेका हुन् । सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्यहाँ थप जीवित वा मृत मानिस हुनसक्ने सम्भावना छ । सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ र सुरुङभित्र प्रवेश गरी खोजी गर्ने क्रममा शव फेला परेका हुन्।
गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मानिसहरू सुरुङभित्र फसेको आशंकामा खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। बाढीबाट जलविद्युत् आयोजनाका संरचनासँगै सुरुङ क्षेत्रमा समेत क्षति पुगेकाले सम्भावित रूपमा फसेका व्यक्तिको खोजीलाई प्राथमिकता दिइएको छ।
.gif)

.png)

