भेटिएनन् इन्जिनियरका चार जनाः कुशको शव बनाएर गरियो अन्तिम संस्कार
काठमाडौं : भोटेकोशी बाढीपछि १६ दिनदेखि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका ३३ वर्षीय राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया पत्नी प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति बाढीपछि बेपत्ता भएका थिए।
१६ दिनसम्म खोजी गर्दा पनि परिवारका चारै सदस्यको अवस्था पत्ता नलागेपछि अभिभावकले बिहीबार उनीहरूको कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। आफन्त विष्णु शर्माका अनुसार राजेश परिवारका एकमात्र छोरा थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङका विभिन्न पालिकाका १६ जना अझै बेपत्ता छन्। त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चार जना बेपत्ता रहेका छन्।
.gif)

.png)

